आर्थिक संकटबाट मुलुकलाई टार्न नयाँ गठबन्धन :उपाध्यक्ष रामबहादुर थापा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

गुल्मी। नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिले देखिएको आर्थिक संकटबाट मुलुकलाई टार्न नयाँ गठबन्धन सरकारले काम गर्ने बताउनुभएको छ।

प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री थापाले माओवादी र काँग्रेसबिचको गठबन्धन भत्किनुको कारण आर्थिक संकट भएको बताउनुभएको हो।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको भोलि तम्घासमा हुने अधिवेशनलाई सम्बोधन गर्न आउनुभएका उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन जरुरी रहेको भन्दै मुलुकलाई आर्थिक संकटबाट मुक्त गर्न बजेट अधिवेशनमा आर्थिक प्रगति र समृद्धिका लागि ठोस योजना बनाउनुपर्ने बताउनुभयो।

देशलाई आर्थिक संकटबाट मुक्त गर्नका लागि यस अघि नै एमालेले अभियान सञ्चालन गरी प्राप्त भएका सुझावहरु सहित सरकारलाई ज्ञापन पत्र बुझाएको भन्दै अब साझा न्यूनतम कार्यक्रममार्फत देशमा देखिएका संकटहरूको समाधान गर्दै जाने बताउनुभयो।

मुलुकको विकासका लागि राजनीतिक स्थिरता अनिवार्य रहेको भन्दै वर्तमान माओवादी केन्द्रसँगको गठबन्धनलाई सुदृढ बनाउन प्रयत्न रहने बताउनुभयो। पुँजीपति पार्टी काँग्रेसले अहिलेको मोर्चालाई फुटाउन सक्ने भन्दै मोर्चालाई सुदृढ बनाउन प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा (एमाले)का जिल्ला कमिटि अध्यक्ष एवम् महासंघका प्रदेश संयोजक बालसिंह काउछाले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेशका ११ जिल्लाका प्रतिनिधि गुल्मी आउनेक्रम जारी छ। अधिवेशनमा १६० प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
65%
1 km/h
आइत
30 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ