माओवादी स्थायी समिति बैठक: विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेबारी पार्टी पदाधिकारीहरूलाई दिएको छ । शुक्रबार र शनिबार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेबारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो ।

बैठकमा नेताहरूबिच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा नेताहरूले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरूले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याएको पनि प्रवक्ता सापकोटाले बताए ।

१५१ जनाको प्रस्ताव भएको छ । त्यो ठिक छ भन्ने भयो । अब स्थायी समिति बैठक हिजो र आज जुन लक्ष्यका साथ बोलाइएको थियो । त्यो लक्ष्य पूरा भएको छ । बैठक निकै राम्रो भएको छ । भोलीबाट केन्द्रीय समिति छ । त्यसमा चाहिँ पार्टीको अभियानको समीक्षा हुन्छ । र विधान सम्मेलन १, २ र ३ मा हुन्छ । सोही विधान सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई पास त त्यो त्यही सम्मेलनले गर्छ । त्यो प्रस्ताव चाहिँ तयार पार्नका लागि आज निकै राम्रो छलफल भएको छ ।

फेरि एक पल्ट आएका सबै सुझावहरूलाई संकेन्द्रण गरेर पदाधिकारीले एक गतेदेखि सुरु हुने विधान सम्मेलनमा प्रस्तुत गर्ने भन्ने निर्णय भएको छ आज । अब हिजो पनि भन्नुभएको र आज पनि भन्नुभएको कुरा के छ भने आर्थिक विकासमा चाहिँ एउटा र्‍याडिकल रिफर्म गर्नुपर्छ भन्ने छ ।

आर्थिक विकासमा र्‍याडिकल रिफर्म भन्नाले निरन्तरतामा क्रमभङ्ग गर्ने र त्यसपछि योजना निर्माण पनि नयाँ ढङ्गले गर्ने र त्यसैगरी बजेट निर्माणमा पनि नयाँ ढङ्गले तयारी गर्ने भन्ने छ । र पहिला चाहिँ प्रिबजेटमा छलफल हुन्थ्यो । चैत्रदेखि नै त्यो विषयमा छलफल गर्ने भन्ने भएको छ । कमिटी प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । र विधि, प्रक्रियालाई कडाइका साथ लागू गर्नुपर्छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुने गरी ल्याउने धारणा राखेका थिए । यसैबिच, माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आइतबारबाट सुरु हुने भएको छ । बैठक पार्टीको विशेष रूपान्तरण अभियानको समीक्षामा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता सापकोटाले बताए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
mist
18° _ 18°
100%
1 km/h
शनि
28 °C
आइत
27 °C
सोम
21 °C
मंगल
22 °C
बुध
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ