Ad imageAd image

थाइ नेपाली भाषीको समस्या संसदमा उठाउँछौंः सांसद ज्ञानेन्द्र शाही

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले थाइ नेपाली भाषीको समस्या सदनमा उठाउने प्रतिबद्धता जनाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका युवा संयोजक लोकेन्द्र ओलीसहितको प्रतिनिधिमण्डलसँग काठमाडौंमा भएको भेटमा सांसद शाहीले नेपाली मुलका थाइ र म्यानमारका नेपाली भाषीहरुको समस्या सम्बोधनका लागि सदन र सरकारको ध्यानाकर्षण गराउने बताए । ‘यो समस्यालाई हामी संसदमा उठाउँछौं ।

थाइल्याण्ड र म्यानमारमा नेपाली मुलका नेपाली भाषीहरु दाजुभाइ छन् । हामी सबैको समस्या संसदमा उठाउँछौं र पराष्ट्र मन्त्रालयबाट थप के सहयोग गर्न सकिन्छ पहल गर्छाैं,’ उनले भने ।

थाइल्याण्ड र म्यानमारमा रहेका अधिकांश नेपाली भाषीले न त्यहाँको नागरिकता पाउन सकेका छन्, न नेपालले उनीहरुलाई आफ्नो नागरिक मान्छ । ५० देखि सय वर्ष पहिले नेपालबाट बसाइ सरेर गएका नेपालीहरु आफ्नो राष्ट्रियताका लागि लडिरहेका छन् । नेपालले गैरआवासीय नेपालीको मान्यता दिनुपर्ने उनीहरुको माग रहँदै आएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
57%
5 km/h
बिहि
25 °C
शुक्र
22 °C
शनि
29 °C
आइत
30 °C
सोम
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ