दाङ । तत्कालीन वेष्ट्रन डेभलपमेन्ट बैंक लिमिटेडका पीडीतहरुले शनिबार दाङमा प्रदर्शन गरेका छन् । बैंकका संचालक समितिका सदस्य प्रमुख कार्यकारी अधिकृत र तत्कालीन शाखा प्रबन्धकको मिलेमतोमा भएको १८ करोड प्रकरणमा आफुहरुलाई फसाईएको दाबी गर्दै उनीहरुले शहर परिक्रमासहित विरोध गरेका हुन् । प्रदर्शनमा पीडीत र पीडीतका परिवार, र सामाजिक अभियानता गरि ५०० हाराहगरीको उपस्थिति थियो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/वेष्ट्रन-डेभलपमेन्ट-बैंकबाट-पीडित-सेवाग्राहीले-दाङमा-गरे-प्रदर्शन-6-1024x682.jpg)
दाङको तुलसीपुर चोकबाट सुरु भएको प्रदर्शन शहर परिक्रमा गरि पुन: सोही चोकमा आई कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै पीडीतहरुले अदालतको सेटिङमा सोझा जनतालाई फसाएर खास दोषीलाई उन्मुक्ती दिइएको आरोप लगाएका थिए । तत्कालीन वेस्टर्नमा कुल १८ करोड रुपैयाँ घोटाला भएको थियो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/वेष्ट्रन-डेभलपमेन्ट-बैंकबाट-पीडित-सेवाग्राहीले-दाङमा-गरे-प्रदर्शन-1-1024x576.jpg)
बैंकका प्रबन्धक समीर बुढाथोकीले आफू नगदमा सापटी लिने र फर्जी ऋणी खडा गरेर आफुले सापटी लिएकाहरुको खातामा फर्जी ऋणबापतको रकम हाली घोटाला गरेका थिए । सोही कारण आफुले नगदमा सापटी दिएका र बैंक खातामार्फत पैसा फिर्ता लिएकाहरु यो केसमा फसेका हुन् ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/वेष्ट्रन-डेभलपमेन्ट-बैंकबाट-पीडित-सेवाग्राहीले-दाङमा-गरे-प्रदर्शन-2-1024x683.jpg)