झापा शिवसताक्षी नगरपालिकाको नेकपा (एमाले)को दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

झापा । झापा शिवसताक्षी नगरपालिकाको नेकपा (एमाले)को दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई, सचिवमा लक्ष्मी गुरागाँई र उपसचिवमा सागर राई निर्वाचन हुनुभएको निर्वाचन समितिका संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार शिवसताक्षीको दुधेमा भएको निर्वाचनबाट खुल्ला सदस्यमा गंगाराम नेपाल, गायत्री प्रसाद संग्रौला, तेजेन्द्र घिमिरे, दिलिप कुँवर, भोजराज ढकाल, मनकुमार श्रेष्ठ र मित्रप्रसाद थापा निर्वाचति हुनुभएको छ ।

त्यसैगरी, आदिवासी जनजातिबाट निर्वाचित हुनेहरुमा जयश्वर आङ्देम्बे, धनप्रसाद लावती, रामप्रसाद सुहाङ र सुरज राई हुनुहुन्छ ।यसैगरी दलिततर्फ अर्जुनबहादुर विश्वकर्मा, महिला सदस्यमा कल्पना विश्वकर्मा र अल्पसङ्ख्यकमा कृष्ण माझी निर्वाचित हुनुभएको छ ।

लेखा समिति अध्यक्षमा प्रकाश चन्द्र पोखरेल, उपाध्यक्षमा लोकेन्द्र श्रेष्ठ, सचिवमा हेमराज पाण्डे, सदस्यहरुमा यामकुमार गौतम, ठाकुरप्रसाद ढकाल, निर्मला प्रसाई, मालती लिम्बू र महिला सचिवमा कल्पना चम्लागाई(कोपिला)सर्वम्मत निर्वाचित हुनुभएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
88%
2 km/h
शुक्र
24 °C
शनि
20 °C
आइत
22 °C
सोम
24 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ