चिनियाँ कम्युनिष्ट पार्टी र एमाले नेताहरूबीच भेटवार्ता

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, २२ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा छिमेकी देश चीन भ्रमणमा रहेको टोली र चिनियाँ कम्युनिस्ट पार्टी, युनान प्रान्तका उपसचिव शी युगाङबीच कुन्मिङमा भेटवार्ता भएको छ । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सहकार्य, दुई पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियोे । शुक्रबार भएको भेटले दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ घनिष्ट बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उपमहासचिव रिमालले बताउनुभयो । उहाँले चीनको विकास, गरिबी उन्मूलन र जनताको जीवनस्तर सुधारका लागि गरिएका प्रयासका बारेमा जानकारी हासिल गर्ने अवसर उपलब्ध भएको बताउनुभएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय नेता शीले चीनमा गरिबी उन्मूलन र विकास कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको रिमालले जानकारी दिनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
2 km/h
आइत
20 °C
सोम
24 °C
मंगल
26 °C
बुध
28 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ