काठमाण्डौं। नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य भक्तराज देवकोटाले डोटी जिल्लाका स्थानीय जनप्रतिनिधिलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।
संस्थाको स्थापना दिवसको अबसरमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार विभिन्न पालिकामा प्रतिनिधि खटाई ज्ञापन पत्र दिन नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार केन्द्रीय सदस्य देवकोटाले ७ घण्टाको कच्ची सडक पार गरेर डोटी जिल्लाको विषयमा यहाँको सडक पुर्वाधार, शैक्षिक अवस्था लगाएको बारेमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।
उहाँले खत्याडी मा.वि का आइ.एसि. एजि पढ्ने विद्यार्थीहरु सँग बर्तमान नेपालको संविधान अनुसार शिक्षामा समान पहुँच र निशुल्क गुणस्तरीय शिक्षाको बारेमा पालिकालाई ज्ञापनपत्र दिनु भएको हो।
बोगटान फूड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलाले उक्त गाउँपालिकामा एउटा पनि निजि बिद्यालय नभएको र यो ज्ञापन पत्र अनुसार निति तर्जुमा गरेर आगामी बजेटमा शिक्षा क्षेत्रमा रकम विनियोजन गर्ने बताउनु भयो ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य देवकोटा सँगै टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति नृप जंग थापा पनि सहभागी हुनुभएको थियो।