ठिक ढंगले काम गर्न नसक्दा भ्रष्टाचार बढिरहेको छ :मन्त्री गुरुङ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सुशासनको अभाव र ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताएका छन् ।


शुक्रबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको ‘रासस मिडिया संग्रहालय’ शुभारम्भ गर्दै उनले भ्रष्टाचारहरु भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न मिडियाको ठूलो भूमिका रहने बताए ।


उनले भने,‘सुशासनको अभावका कारणले भनौं अर्थात ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको दायित्व हो । भ्रष्टाचारहरु भइरहने, बिचौलियाको बिगबिगी भइराख्ने जनताको चाँही आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति छ । यस्तो परिस्थितिबाट मुक्त हुनको लागि मिडियाको ठूलो भूमिका छ ।’


उनले बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च भएको भन्दै त्यसले देश बन्न नसक्ने बताए । उनले पत्रकारको काम सरकारको आचोचना मात्र गर्ने नभएर आलोचनासँगै सत्य तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न सुझाव दिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
45%
5 km/h
बुध
18 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ