वन विकासका बाधक ऐन कानुनहरु संशोधन गरिन्छ : मन्त्री शाही

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको प्रभावकारी विकासको लागि ऐन कानुनहरु बाधकको रुपमा रहेको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।


शुक्रबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सरकारको नीति तथा कार्यक्रममा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयन अवस्था र उपलब्धीहरुका सम्बन्धमा मन्त्रालयसँग छलफलमा उनले बाधक भएका र समस्याका रुपमा पहिचान गरेका केही ऐनहरुलाई संशोधन गरेर आगामी दिनमा सहज रुपमा लैजाने प्रतिबद्धता जनाए ।


उनले भने,‘वन मन्त्रालयको विकासको बाधक वा वनसँग जोडिएका कानुनहरु छन्, ऐनहरु र नियमावली छन् । तर बाधक भएका र समस्याका रुपमा पहिचान गरेका केही ऐनहरुलाई संशोधन गर्नु जरुरी छ ।’


उनले विकास पनि गर्नुपर्ने र वनलाई पनि जोगाउनुपर्ने कर्तव्य रहेकाले दुइवटा कुरालाई सँगसँगै लैजानका लागि धेरै जटिल रहेको धारणा राखे । विकास र वनको संरक्षणलाई सँगै लैजान केही ऐनहरु र नियमावली संशोधन गर्ने र नयाँ कानुनहरुको निर्माण गर्नुपर्ने आवश्यकता औल्याए ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ