दिपक संगम थापा— । एक महिना अघि चौरजहारी नगरपालिका भ्रमण गर्ने अवसर पाएको थिए । मध्यपहाडी पुस्पलाल लोकमार्ग, नमुना शहर र नगरपालिका भित्रको आफ्नै बिकासले त्यहाँका मान्छे उकुसमुकुस भएको पाए ।
मानौ धेरै हातमा मिठाई पाएका छन् । मानौ कति खाउ, कता राखौ भइरहेको छ । तिब्र शहरीकरण हुँदै गर्दाको वातावरणले जनसंख्या दिनप्रतिदिन बढीरहेको पाईयो । नजिकै चौरजहारी मिसन हस्पिटल, चौरजहारी एयरपोर्ट र ठुली भेरी नदिले थप शोभा बढाईदिएका छन् ।
जाजरकोट र सल्यानका मानिसहरु जहाज चढ्न त्यही आउछन् । केही त उपचार गर्न पनि । खेती किसान देखि उद्योगको धेरै सम्भावना देखिन्छ । यस्तै, सेवा र बिकासले जनसंख्याको चाप बढीरहेको छ र त्यहाँको उपत्यका र गर्मीले तराई झरेको महसुस गर्न सकिन्छ ।
तर, जनसंख्याको चाप अनुसार भने त्यत्रो भ्यालिभित्र एउटा मात्रै सरकारी माबि भएकोले शितल माबि चौरजहारिमा बिद्यार्थीको थेगी नसक्नुको चाप रहेछ । चौरजहारिको भन्दा बजार र भूगोलले धेरै सानो आनपा राडिमा पनि २ स्कुल छन् । शितल माबिका अहिले मात्रै ५०० भन्दा बढीले एसईइ दिए भने आफै अनुमान गर्न सकिन्छ स्कुलमा कति चाप होला ।
धेरैले खोला पारी अर्थात एयरपोर्ट आसपास पनि अर्को माबिको आबश्यकता को महसुस गरे । त्यता स्कुल बनाउदा जाजरकोट कुदुका विद्यार्थी पनि आउने रहेछन् । तर, त्यसतर्फ ध्यान दिने नेता नजन्मिएको स्थानीयहरुको गुनासो सुनियो । यसैबीच शितल माबिको भौतिक संरचनाका साथै बाहिरी वातावरण अबलोकन गर्ने मौका मिल्यो ।
प्रयाप्त फिल्ड, जनशक्ति, भवन र बिद्यार्थी र भूगोलले साथ दिएको पाए । सबै कुराले साथ दिदादिदै पनि केहि कुराको चाजोपाजो नमिल्दा त्यतिकै रुमलिएको स्थानीयहरुले गुनासो पोखे । स्थानीय राजनैतिक दलहरुले स्कुलमा आ—आफ्नो राजनैतिक खेल खेल्ने गरेको कुरा सुनियो । तर, अर्को माबि समेत संचालन गर्न नसकेको धेरैले आरोप लगाए ।
अनौठो कुरा त, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला प्रशस्त बजेट परेपछि बनेका भौतिक संरचनाले थप आकर्षण बनाएको स्थानीय बुद्धिजीवीहरुले बताए । स्थानीयले भने, एमाले अध्यक्ष ओली प्रधानमन्त्री नभएदेखि कुनै पनि बजेट परेको छैन् । मनमा लाग्यो, अर्को माबि संचालन गर्न नसके पनि आसा छ, आगामी समयमा नमुना माबिको सुचीमा समेटिनेछ । “शितल माबी बाबाकी जय”