काठमाडौँ । भित्ते वगैँचामा आज २ सय वटा फूल र लहरा वोटका विरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/04/429568721_1036005371511525_3683965250695439221_n-1-1024x683.jpg)
यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा विरुवा रोप्नुभएको हो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/04/420527206_391343227157062_6814121605261420201_n-1024x683.jpg)
आयोजना प्रमुख थापाकाअनुसार फूलमा बेगलबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएका छन् । बेगनबेलीमा पनि गुलावी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने विरुवा छन् । सामान्यतयाः यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी विरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/04/421843920_434222749155732_158110163898912424_n-1-1024x683.jpg)
यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ । हरियाली हुने विरुवामा होया, मनिप्लान्ट, आइभ्यूका विरुवा छन् । यी विरुवा लहरिँदै बढ्दै जान्छन् ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/04/419192084_684748177006405_3251382267645937210_n-1-1024x683.jpg)
यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका विरुवा रोपिएका छन् । लहराउने विरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा विरुवा लहराउन भित्ताभरि २-२ वर्गमिटरका जालीदार बार बनाइएको छ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/04/419327306_798270425498105_578116763471406437_n-1-1024x683.jpg)
आयोजनाले यो काम ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो । सहरी सुन्दरता र हरियाली प्रवर्धनका लागि थालिएको यो कामको पैदल यात्रीहरुले प्रशंशा गर्दै हिँड्दै हुनुहुन्थ्यो । उहाँहरुको एउटै चिन्ता थियो, यी विरुवा चोरी होलान् कि नहोलान्? उहाँहरुको यो स्वतःस्फूर्त आवाज नै सहरी सुन्दरताका लागि महत्वपूर्ण छ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/04/422263628_1773252169852216_1989096777733773919_n-1024x683.jpg)