महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्।


मौलापुरमा फाल्गुन ११ गतेदेखि हुने मधानी महायज्ञमा सहभागी हुन । रौतहट आउने तय भएको हो। भारतीय चलचित्रमा अनुबन्धसमेत भइससकेकी मोनालिसा पहिलो पटक नेपाल आउन लागेको बुझिएको छ ।


“डायरी अफ मणिपुर“ फिल्मका निर्देशक सनोज मिश्र सगै मोनालिसा मधानी महायज्ञमा आउने तय भएको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले जानकारी दिएकी हुन ।


महाकुम्भ मेलाको त्रिवेणी संगममा युवती शिवको प्रतीक रुद्राक्ष बेच्थिन् ।आँखाको फरक रङका कारण त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थालेका हुन् ।


मधानी महायज्ञमा भारतीय भोजपुरी तथा हिन्दी सिनेमाका कलाकार तथा साँसद रविकिशन, प्रसिद्ध गीतकार तथा पूर्वमन्त्री विनयबिहारी, गायक तथा अभिनेता रितेश पाण्डे पनि आउने निश्चित भएको नगर प्रमुख साहले बताइन।


उनका अनुसार फागुन ११ उद्घाटन समारोह, १२ गते शिव बारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रम हुने छ । २०७६ देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा मौलापुरको पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै आएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
1 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
21 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ