Ad imageAd image

सामाजिक विकासमा गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

नेपाली कांग्रेसको नागरिक समाज तथा गैरसरकारी संस्था सम्बन्धी नीति विषयक गोष्ठीमा बोल्दै उनले जनचेतना, प्रेस स्वतन्त्रता, मानव अधिकार र सुशासन समावेशी लगायतका विषयमा गैरसरकारी संघसंस्थाहरुले प्रभावकारी कामहरु गर्दै आएको बताएका हुन् ।

उनले भने, ‘नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । गैरसरकारी संघसंस्थाहरुले खेलेको भूमिका प्रशंसनिय छ ।  जनचेतना, प्रेस स्वतन्त्रता मानव अधिकार सुशासन समावेशी लगायतका विषयमा गैरसरकारी संघसंस्थाहरुले पनि प्रभावकारी कामहरु गर्दै आएका मैले अनुभव गरेको छु ।’

साथै उनले सबै संस्थाहरुभित्र पनि शुसासन, परदर्शिता, आर्थिक लोकतन्त्र मजबुत हुनुपर्ने बताए । उनले हाम्रा हिमालहरु नाङ्गिन थालेकोले यसको बारेमा पनि गैरसरकारी संघसंस्थाहरुले सामुदायिक सचेतनादेखी लिएर व्यक्तिगत पहलकदमी गर्न जरुरी रहेको बताए ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
moderate rain
25° _ 25°
80%
1 km/h
बिहि
25 °C
शुक्र
26 °C
शनि
25 °C
आइत
25 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ