भक्तपुर । नेकपा एमालेको मध्यपुर ठिमी नगरपालिका समिति अध्यक्षमा नन्दकृष्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । एमाले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका समितिको दोस्रो अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा मध्यपुर नगरमा एमालेको चुनावी माहोल तातेको छ ।
वडा बाट प्रतिनिधि छनौट सकिए सगै उमेदवारहरूले आ—आफ्ना आंकाक्षा प्रकट गर्न थालेको छन् भने साथै नेतृत्वले आफ्नो वर्चश्व कायम गर्न उमेदवारहरूको व्यवस्थापनमा लागेको बुझिएको छ । यसैक्रममा भक्तपुर जिल्ला मध्यपुर थिमी नगर वडा नम्बर ६ बाट प्रतिनिधित्व गरेको अधिवक्ता नन्दकृष्ण श्रेष्ठले नगरअध्यक्ष उम्मेदवारीको घोषणा गरेका हुन् । पार्टी अन्तर विरोधहरूलाई हटाउदै कुुशल योजनाका साथ मध्यमार्गीरुपमा संगठनलाई थप मजवुत बनाउने र मिसन २०८४ को लागि मिलन २०८४ को आधार बनाई जनस्तरमा एमालेको माहोल थप बनाउन बलियो नेतृव्व क्षमताको आवश्यकता रहेको भन्दै त्यसका लागि आफूले उम्मेदवारी दिएको श्रेष्ठले बताए ।
कानुन संकायमा एलएलएमगरी पेशामा समेत सक्रिय श्रेष्ठ नेपाल मध्यस्थता परिषदको पुर्वनिर्देशक समेत हुन । सरकारी तथा गैरसरकारी संस्थाको आहोदामा अनुभव समेत हासिल गनर्् भएका उहाँ नेपालमा सार्वजनिक खरिद ऐन, मध्यस्थता (आर्विट्रेसन) कानून तथा निर्माण, बाणिज्य विवादमा एक कुशलकानुन विज्ञ, सहकारी विद, अभियन्ताको रुपमा परिचित छन् । २०५४ सालको स्थानिय चुनावको परिणाम पश्चात सुसुप्त अवस्थामा रहेको साविक चपाचो गा.वि.स अन्तगतको वडाहरुमा एमालेको संगठनलाई,गतिशिल र जनस्तरमा संगठन विस्तार गर्न गरेको योगदानलाई पार्टि पङ्तिमा उच्च मुल्याङ्ककनको बिषय रहदै आएको छ ।
अनेरास्ववियू, विधार्थी क्षेत्र लगायत जनवर्गिय सगंठनहरुको नेतृत्व सम्हालेका क्रियासिशल क्षमता र सक्रियताकै आधारमा मध्यपूर थिमि नगर समन्वय समितिमा २४ वर्षकै उमेरमा कान्छो नगर सदस्यको रुपमा प्रवेश पाएका उनले नगर सदस्य रहदै निरन्तर २०७४ सालको स्थानिय चुनावमा पुर्व मेयरलाई यस क्षेत्रमा स्थापित गर्नमा र निजको कार्याकायलमा योजना साकार गर्ने सम्बन्धमा अहम भुमिका रहेको छ । एमालेजनमा नन्दकृष्ण श्रेष्ठ एक सघंर्ष समयका कार्याकर्ताको रुपमा परिचित छन । एमालेजनको पुराना कार्यकर्ता माझ समेत अनुभव सगाँलेका र युवा पुस्ताको प्रतिनिधित्व गदै ।
यसरी स्वतन्त्र रुपमा नगरकमिटि अध्यक्षमा उमेदवारीको उदधोषबाट साच्चै नै पार्टि नेतृत्वले कार्यकर्ताको मनोभावनालाई बुझि नेतृत्व स्थापित गर्न सहयोग गर्छ कि गर्दैन भन्ने यसै अधिवेसनबाट पुष्टि हुने कार्याकर्ताहरुमा चर्चाको बिषय बनेको छ । हाल भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सुर्यबिनायक नगरपालिका, चाँगु नारायण नगरपालिकामा नेकपाको एमालेको अधिवेसन समाप्त भएको छ भने मध्यपुर थिमी नगरपालिकाको अधिवेसनको समाप्ती सगै जिल्लाको अधिवेसनको माहोल सकिने क्रममा रहेको छ । मध्यपुर नगरमा भएको वडा अधिवेसनबाट युवापुस्ताको आगमन देखिएबाट पार्टिले परिवर्तनको आशयलाई महसुस गरेको देखिन्छ ।