Ad imageAd image

पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं  । पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन् ।

आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सपकोटा ’जुगल’ छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन् ।

प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मंच, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा खडा भएका हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर बिष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराईली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी÷जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा, विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बनेको हो ।

- Advertisement -
Ad imageAd image

प्रेस युनियन र प्रेस चौतारी जस्ता संगठनले महासंघलाई निहित एवम् अमुक दलगत स्वार्थमा उपयोग गर्न खोजेपछि पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार हितको उद्देश्यसहित यो साझा प्यानल खडा भएको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
93%
1 km/h
सोम
21 °C
मंगल
26 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ