नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।

फाइनलमा पुग्नका लागि नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित भएको थियो ।

नेपालको प्लेइङ एघारमा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिहं ऐरी र गुल्सन झा छन् ।

photo by CAN

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
haze
19° _ 19°
63%
1 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
21 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ