नेपाल आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ : मन्त्री सिंह

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको  नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको बताएका छन् ।

बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ । साथै नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ । सन् २०२६ सम्म अधिकतम विकशित राष्ट्रबाट विकशिल राष्ट्रको श्रेणीमा स्तरउन्नती हुने प्रयासमा हाम्रो देश नेपाल रहेको छ । ’

साथै उनले विकास निर्माणको प्रयासमा खासगरी स्वदेशी विदेशी ठूलो लगानी प्रबिधि र  विज्ञताको आवश्यक्ता रहेको बताए । उनले जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुले विकासका प्रयासहरुलाई ओझेलमा पारेकाले सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्ने गरी समाधानका उपायहरु खोजी गर्न आजको चूनौतीहरु रहेको बताए ।

उनले भने, ‘हालको  वर्षहरुमा जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुमा बढोत्तरी भइ विकासका प्रयासहरुलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरु परेका छन् । यसका लागि हामीले हाम्रो सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्नेगरी समाधानका उपायहरु खोजी गर्न आजको चूनौतीहरु रहेको छ ।’

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ