नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौं, घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो ।

नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे । नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिह ऐरीले समान एक÷एक विकेट लिए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ७२ रनको योगफल बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए ।

त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए । नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए । यस जितसँगै नेदरल्यान्डसले प्रतियोगितामा चार अङ्क जोडेको छ ।

नेदरल्यान्डसले नामिबियालाई पहिलो खेलमा सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो । नेपालले लिग- २ को पहिलो चरणको खेल सकिदा दुई अङ्क बटुलेको छ । नेपालले नेदरल्यान्डसलाई नौ विकेटले पराजित गरेको थियो भने नामिबियासँग पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा दुई विकेटले पराजित भएको थियो । नामिबियाले तीनमा जित हासिल गर्दै छ अङ्क बटुलेको छ । नामिबिया लिग दुईको शीर्ष स्थानमा छ । नेदरल्यान्डस चार खेलमा दुईमा जित तथा दुई खेलमा हार बेहोर्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ । समान चार खेल खेलको नेपालले एकमा जित तथा तीनमा हार बेहोर्दै दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
68%
3 km/h
मंगल
22 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
शनि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ