नेपाललाई थाइल्यान्डले ७ विकेटले हरायो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौंः महिला टी २० त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले सबै ६ खेलमा पराजय बेहोर्दै निराशाजनक प्रदर्शन गरेको छ। शुक्रबार सम्पन्न अन्तिम खेलमा नेपाललाई थाइल्यान्डले ७ विकेटले हरायो। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालले यसअघि पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर मात्र ८१ रन जोड्न सकेको थियो। नेपालका लागि ओपनर सम्झना खड्काले सबैभन्दा बढी १७ रन बनाइन्।

सिरिजभरि नेपालको संघर्ष

नेपालले सिरिजभरि कमजोर प्रदर्शन गर्दै थाइल्यान्ड र नेदरल्यान्ड्स दुवैसँग तीन(तीन खेल खेल्दै सबै गुमायो। नेपालका लागि सिरिजको सकारात्मक पक्ष पूजा महतोले नेदरल्यान्ड्सविरुद्ध प्रहार गरेको अर्धशतक र सीता रानामगरले नेदरल्यान्ड्सविरुद्ध एकै खेलमा लिएको पाँच विकेट रह्यो।

तर, कप्तान इन्दू बर्माले विदेशी प्रशिक्षकको खाँचो औंल्याउँदा प्रशिक्षक मनोज कटवालले खेलाडीको प्रदर्शनमाथि उठाएको प्रश्नले थप चर्चा पायो।

नेपालका सबै खेलको नतिजा

पहिलो खेल – नेदरल्यान्ड्ससँग २० रनको हार
दोस्रो खेल – थाइल्यान्डसँग ४ विकेटले पराजित
तेस्रो खेल – नेदरल्यान्ड्ससँग १५ रनको हार
चौथो खेल – थाइल्यान्डसँग ५ रनको हार
पाँचौं खेल – नेदरल्यान्ड्ससँग १० विकेटले पराजित
छैटौं खेल – थाइल्यान्डसँग ७ विकेटले पराजित

नेपालको महिला क्रिकेट टोलीका लागि यो सिरिज सुधारका लागि महत्वपूर्ण पाठ बन्ने देखिन्छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
mist
18° _ 18°
77%
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ