ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । यही जेठ ११ देखि २१ गतेसम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३ दशमलव पाँच केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, महिला ५४ केजीमा अन्जनी तेलीले खेल्नेछिन् ।

प्रशिक्षकमा प्रकाश थापा मगर छन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै टोलीको बिदाइ गर्नुभयो । सदस्यसचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
82%
शुक्र
21 °C
शनि
23 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ