नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी प्रिमियर कप खेल्न ओमान जाने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । भारतमा गुजरात र बरोडा क्रिकेट सङ्घविरुद्ध एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आइतबार जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली उतैबाट एसीसी प्रिमियर कप खेल्न ओमान जाने भएको छ ।

ओमानमा चैत ३० बाट सुरु हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपालले गुजरातमा फ्रेन्डसिप कप खेलेको थियो । एसीसी प्रिमियर कपलाई नेपालले आइसिसी टी–२० विश्वकपको तयारीमा रुपमा समेत लिएको छ ।

प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले चैत ३० गते मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने छ ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरव इमिरेट्स (यु्एई) रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल अप्रिल २१ तारिख हुनेछ ।

प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपमा लागि छनोट हुनेछ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो ।

त्यसैले नेपाललाई यसपटक उपाधि रक्षा गर्ने चुनौती छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारत भ्रमणमा रहेको खेलाडीलाई एसीसी प्रिमियर कप खेलाउने निर्णय यसअघिनै गरिसकेको छ ।

रोहितकुमार पौडेलको कप्तनीमा रहेको नेपाली टोलीका आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द हुनुहुन्छ । एसीसी प्रिमियर कपले नेपाली टोलीको विश्वकप यात्रालाई थप सहयोग पुग्ने विश्वास नेपाली टोलीका प्रशिक्षक मोन्टाी देसाईको छ ।

टी–२० विश्वकप आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा हुनेछ । विश्वकपमा भने नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन्।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
28%
2 km/h
बुध
25 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
12 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ