नारायणकुमार शाह
काठमाडौं । देशले न कार्वाहीको मार्गबाट मात्र लय समाउन सक्छ न निरपेक्ष निर्माणबाट । इतिहासमा भए गरेका कमि कमजोरीलाई सच्याउदै वर्तमाणमा निर्मित गरेका कार्यहरु मात्र झन सुन्दर हुन्छन् । एमालेले सत्ताको वागडोर सम्हाल्दा निर्माणमा मात्र जोड दिएको देखिन्छ । र एमाले इतरहरु सत्तारोहन गर्दा निर्माण कार्य सुन्यमा राखेर विग्रेका पुराना कुराहरुलाई उद्धीन्नमा मात्र उद्दत रहेको देखिन्छ । विचौलियाहरु एकाएक उदायका देखेर, स्वयम काग्रेस माओवादीहरुको अकर्मन्यताबाट विच्किएर भिडमा रुपान्तरण भएको मनोविज्ञानलाई आफ्नो पक्षमा तान्ने ध्याउन्नमा मात्र केन्द्रीत छन् काग्रेस माओवादीहरु, त्यसमै पनि तिव्र हिसाव किताव छ ।
एमालेले भन्ने गरेको वलियो राष्टिय शक्ति र त्यसको दृढ नेतृत्व, काग्रेस माओवादीको गठवन्धन र आलोपालो सत्तारोहनचक्र, अरुहरुले भन्ने गरेको राजा आउ देश वचाउ को सार एउटै हो, देश लयमा छैन भन्ने । एमाले त्यो शक्ति आफै भएको र नेतृत्व आफ्ना अध्यक्ष केपी शर्मा वलीले नै गर्न सक्ने कुरामा दृढ निश्चिन्त छ भने अरुमा त्यो सम्भावना, पात्र अनि प्रबृत्ती छैन । स्वयम उनिहरु आफै भित्र आफैले त्यो सम्भावना देखिरहेका छैनन ।
अहिलेको अवस्था, व्यवस्था अनुसार मिलेको छैन । तर, यहि सन्तुलनमा अवस्था झन खराब हुने र व्यवस्था वाचिरहेने कुरा निश्चित छ । जनता दुवै वदल्न चहान्छन् । एमाले अवस्थामा क्रमिक सुधार ल्याएर व्यवस्थालाई अग्रगमन तर्फ वदल्न चाहन्छ । सत्ता गठबन्धन सरकार जोगाउने उपाय खोज्नै हैरान छ । भिड भने मुलप्रवाहमा रहेका दलहरुले आफै व्यवस्था ल्याए आफै विगारे भन्दै उनिहरुलाई ठिक गर्न व्यवस्था नै फाल्नु पर्छ भन्ने ठाउमा पुगेको देखिन्छ । यहि अवस्थामा कसैको पनि कुरा पुरा हुने सम्भावना छैन ।
कसैले पनि आप्mनो एक्लैको वलमा अहिलेको व्यवस्था नआएकोले पनि यो परिस्थिति सृजना भएको हो । व्यवस्था नै जानेगरी कसैले पनि अझै भुल गरेका छैनन् । राजाले नपत्याए पनि राजतन्त्रको पक्षमा मात्र उभिने ठाउमा राप्रपा पुग्यो भने, हिन्दुराज्यको एक सुत्रिय मागमा काग्रेस उभियो भने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिको गलत मुद्दा पास गर्ने बाटोमा माओवादी पुगेर सफल भयो भने, संघियता र गणतन्त्र संगै अगाडि जान सक्दैनन् भन्ने अनि संघियता वचाउन सक्ने स्रोत जुटाउन नसक्ने ठाउमा एमाले पुग्यो भने त्यही वाटोबाट मात्र यो व्यवस्था जान्छ ।
सवैका माग अलिअलि पुरा हुने अवस्था रहुन्जेल यो व्यवस्था रहिरहन्छ । वर्तमान सन्तुलनका कुनैपनि सक्ति समुहहरुको माग पुरा नहुने अवस्था सृजना भएपछि जस्ले थाम्छु भनेपनि यो व्यवस्था थामिदैन । यो व्यवस्था जोगाइ राख्नुपर्ने वाध्यकारी अवस्थामा अहिले कोही छ भने एमाले छ । वर्तमान संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य व्यवस्थामा पुग्न यो जस्तो सजिलो र सहज बाटो उसका लागि अर्को छैन ।
उसको मार्गदर्शक शिद्धान्त जवजले पनि अवस्था सुधारबाट व्यवस्था परिवर्तन गर्ने भनेको छ । यसका लागि नितिले वाधिएको, लडेर आर्जेको र गरेर देखाएको पंक्ति पनि एमाले मात्रै हो । यो मुद्दामा जनतामा एकाकार कोही छ भने एमाले मात्रै छ । व्यवस्था ल्याउनमा लडेतापनि माओवादी नितिले वाधिएको छैन, हाल विग्रीएको जम्मै माओवादीले गर्दा हो । विकृति, विसंगतिको स्रोत र पोको माओवादीसंगै छ ।
यो आरोप होइन तथ्यको वकालत हो । यो मामलामा छलफलको हिस्सा काग्रेसलाई दिने ठाउ नै छैन । शिलशिलाले देशका स्रोत साधन विदेशिलाई सुम्पने कर्तव्य मात्र काग्रेसको हो क्यारे भन्ने देखाउछ । यो व्यवस्था ल्याउनमा काग्रेसको योगदान हो मा हो थप्ने वाहेक अरु देख्नु देशमाथि अपराध साध्नु सरह हो । उसको निजि निति, योगदान र गरीकमाईले यहि भन्छ । काग्रेसलाई भोट दिएर जनता आफै हारिरहेका छन् आज ।
यो हुनुमा नेपालको हित नचाहने विदेशीहरुको दाउपेच, तथाकथित स्वघोषित नेता कहलिएका खराब मान्छेहरुको फट्याई, अन्धभक्त कार्यकर्ता र विवेकहिन झुण्डहरुको हातपनि होला । देशका निम्ति यो सुधार्ने जिम्मा एमालेकै हो । तर यसका लागि उसलाई पापड पेल्नु त उति नै छ जति उसका असल कार्यकर्ताहरुले देश, जनता र पार्टीका निम्ति अन्तर संघर्षका नाममा पार्टीमा फलामका चिउरा चपाईरहेका छन् ।
आधुनिक नेपालमा राजा पृथ्वीनारायण शाह (वि.सं. १८१६–१८३३) को उदय गोर्खा राज्यको विस्तार भनौं या नेपाल एकिकरणको नविनतम मुद्दाबाट भयो र राजकाजको रोलक्रम वंशमा गयो । त्यसको अन्त २०५८ जेठ १९ को भयावह दरबार हत्याकाण्डबाट भयो । नेपालमा वाटो उहि तर फरक गतिमा उदायर शासनको वागडोर परिवारमा जाने बनाएका जंगबहादुर राना (वि.सं. १९०३–१९३३) को विराशत पनि शान्तिपूर्ण तरिकाले विशर्जन भएन ।
‘तिकडम्, छलछाम दाउपेच, हत्या, हिंशा, लुटपाट, आतंक, व्यक्ति मारकाट एवं सम्पत्ति कब्जाको उहिबाटो अनेक पटक शासन सम्हाल्ने ठाउमा पुगेका प्रचण्डको पतन झनै भयावह, आतंकमय र त्राशदीपूर्ण हुने देखिन्छ’ । नेपालमा अनपेक्षित रुपमा शक्तिमा उदायका तीन पात्रहरु राजा पृथ्वीनारायण शाह, जंगवहादुर राना, र प्रचण्ड नै हुन । जीवनको उत्तरार्धमा प्रचण्डले भोगेको पुत्र र पत्नी वियोग शाह र रानाकै नियतीमा शिलशिला वनेर वितेको छ ।
राजतन्त्रलाई संस्थागत गर्ने भुमिका शाहको भएतापनि निरंकुशताको जननी राना नै हुन भने प्रचण्ड नेपालमा देखिएका एकमात्र र पहिलो तानाशाह हुन । टिकेका प्रथा र चलेका व्यवस्थाको भोग गर्नेमा सवै भन्दा लामो समय ३३ वर्ष, उनकै वितेको छ । शायद त्यो उनको दलभित्रको आन्तरिक जिवन नै किन नहोस, दर्जन तीन वर्ष करिब, २०४३ देखि आज पर्यन्त पार्टीमा अध्यक्ष भइरहने उनी एक्ला हुन ।
स्वाधीन राष्ट्रवादी, तथा आफ्नो व्यक्तिगत विचार, आदर्श र प्रतिष्ठाको नाममा आफ्नो निजी राष्ट्रियता निर्माण गरेर देशको व्यापारिक, सामाजिक, आर्थिक र राजनीतिक समृद्धी गरेका कैयन विश्वव्यापी पुरुषहरुको आतंकमय र त्राशदीपूर्ण पतनका पछिल्ला कारणहरुमा उनिहरुले प्राप्त गरेको एकलब्य विराशत नै हुन ।
चाहे, बाथ पार्टीबाट उदायका इराकी तानाशाह सद्दाम हुसैन, १९७९ देखि २००३ सम्म, अल–फतहको वलमा तानाशाहमा परिणत लिवियाली नेता गद्दाफी, १९६९ देखि २०११ सम्म, अरब शोसलिष्टको चाहना विपरित तानाशाही वनेका इजीप्टका होस्नी मुवारक १९८१ देखि २०११ सम्म, हुन वा संस्थापक भएर पनि नाजी पार्टीले वचाउन नसक्नुमा जर्मन हिटलर १९३३ देखि १९४५ सम्म, को तानाशाही प्रवृत्ति नै थियो ।
अरब समुदायको एकता, समानता र सामाजिक न्यायको नाममा आदर्शका अधारमा स्थापित भएको लोकप्रिय इस्लामिक रिपब्लिकन पार्टीको जगमा पिता हफेज अल–असदको विरासत निरन्तरताले, २००० मा उदायका सिरियाका तत्कालिन राष्ट्रपति बासर अल असद पनि २०११ को “अरब स्प्रिङ” मा पतन भए ।
समाजवादी प्रणालीका आधारमा देशको विकास र कृषिमा महत्वपूर्ण योगदान गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्धहरूमा प्रभावशाली भूमिका खेलेका, युगोस्लाभिया कम्युनिस्ट पार्टीबाट उदायर १९८९ मा सरकारमा आएका स्लोभदान मिलोसोभिच अन्ततः अप्रिल २००१ मा अन्तर्राष्ट्रिय अदालतमा अपराधीका रूपमा घोषित भएपछि अगस्त २००१ मा कैदी भए र अक्टोबर २००६ मा उनको जेलमै मृत्यु भयो । जेल नजादै उनले ठूलो पश्चाताप र चरम आर्थिक संकट भोग्नुपरेको थियो ।
देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेका १९६७ देखि १९९८ सम्म इण्डोनेशियामा अधिकारकाल जमाएका सुहार्तोले करिब ३२ वर्षपछि इन्डोनेशियाको विशाल राष्ट्रिय आन्दोलन र असन्तुष्टिका सामु राष्ट्रपति पदबाट १९९८ मा त्यागपत्र दिए । देशको राजनीतिक शक्ति भएको, अर्थव्यवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्धहरूमा उल्लेख्य प्रगति गरेको र त्यहाको एकमात्र आधिकारिक वनेको सुहार्तोको “गोल्कार” पार्टी समेत २००८ मा पश्चातापले उनको हृदयघात हुदासम्म पतनको अन्तिम वायुप्राण लिइरहेको थियो ।
र, उनको सत्ता राष्ट्रिय औपचारिकतामा खल्लास मात्र भएन पश्चिमाहरुको रेडियो सञ्जाल विविसीको कर्तव्यपूर्ण समाचारको खण्डन समेत गर्न नसक्ने अवस्थामा थियो । कतिपयले त उनको पतनलाई गरिब र राष्ट्रिय आदिवासी परिवारबाट आएका देशले स्वाधीनता प्राप्त गर्ने स्वतन्त्रता आन्दोलनका नेता इन्डोनेशियाको पहिलो राष्ट्रपति सुकार्नोले १९६५ मा “गोल्कार” पार्टीको अध्यक्षता गर्न दिएको अवसर छोप्दै ठिक एक वर्षपछि कर्मचारी पारीवारिक पृष्ठभुमिका सुहार्तोले १९६६ मा उनै सुकर्नोलाई अनियमितताको अभियोगमा गिरफ्तारको मुख्य मतियार वनेर सत्ता हत्याएको पाप भनेर समेत व्याख्या गरे ।
प्रचण्डको शक्ति आर्जन होस या सत्तारोहण, साटाक सुटुक, चोर्खली मोर्खली र शक्तिको आशक्तिमा भौतारिरहेको क्रियाकलापले नै प्राप्त भएको छ । उनले यसलाई गतिशिलता भनि आत्मरति लिएतापनि धेरैले उनलाई राजनितिक वेश्यावृत्ति, भडुवा र भगौडा प्रवृत्तिका पात्रको रुपमा संस्थागत गरेका छन् । सहकर्मि र अग्रजहरुको थोपडामा सेक्टर काण्डको वारुदी धुंवा प्mयाकेर पार्टी हत्याएका प्रचण्डको एकसरो जिन्दगानीमा धेरै रुपहरु छन् ।
सेक्टर काण्डबाट उनि मुलत पृथ्वीनारायण शाहको रुपमा उदाय भने, २०५२ फागुन १ मा उनले प्राप्त गरेको रुप जंगवहादुर रानाको हो । र, १७ हजार प्लस ३ मा ५ हजारको उनले जिम्मा लिएतापनि वाकी १२ हजार नागरिकहरुको पनि हत्याको मुल योजनाकार उनै प्रचण्ड हुन भन्ने कुरामा विश्व समुदायका सवै मञ्चहरु एकमत छन् । १२ वुंदे दिल्ली सम्झौता गर्दा उनका केही हितैषिहरुले प्रचण्डलाई वुद्धको शेष शिक्षा पढेछन् की ? भन्ने लख काटेका थिए । विवेक, विद्धता र विज्ञताको दृष्टिले अझै साक्षर हुन वाँकी प्रचण्डका आम अनुयायीहरुले अब वुभ्mनुपर्ने कुरा केहो भने प्रचण्डले अव प्राप्त गर्न बाकी रुप भनेको जिजस क्राइष्टको हो । ताकी सत्ता र शक्तिका लागि आप्mना अनुयायीहरुले गरेको १७ हजार प्लस ३ को आम कत्लेआमको प्रायश्चित वापत आफै फासीमा चढ्नु पर्छ । र, उनको अभीर्चना आतंकपूर्ण पतन हुनुपर्छ ।
व्यक्तिपिच्छे राज्य वाड्ने, राजाको सम्पत्ति खोसेर भाग लगाउने, नपढि मालिक, प्रशासक हुन पाइने र त्यसका लागि वन्दुक उठाएर सकभर मार्नु पर्ने नसके मर्नपनि तयार हुनुपर्ने लगायतका कैयन झुठ्ठा आश्वासनहरु वाडेर निर्धा र निमुखाहरुको प्राण खोस्ने वितण्डा थालिएको दिन कसैका लागि पनि उत्सवको दिन हुन सक्दैन ।
त्यो त लुट्नलाई खेउ नपाएको र सत्तामा जान भेउ नपाएकोले शक्ति आर्जन गर्न अपनाइएको चोर बाटो थियो । र, सार्वभौम यो झुठको कतैपनि र कुनैपनि मञ्चमा न प्रायश्चित गरिएको छ न उपादेयिता नै प्रष्ट्याइएको छ । यसो हो भने कोतपर्व, अलौ पर्व, भण्डारखाल पर्व, नारायणहिटी दरबार पर्व लगायत सवै पर्वको विदा दिनु–लिनु पर्ने हुन्छ । सर्वोच्चको अवज्ञा हुनेगरी कानूनी राज्यको धज्जी उड्नेगरी माओवादीले जितेका एकाध स्थानिय तहमा फागुन १ गते जो विदा दिने निर्णय गरिएको छ त्यो, अज्ञानी र मुर्खीपनाको उपच हो ।
यो उनिहरुको गल्ति हो । उनिहरुका यस्तै वहुलठ्ठीपना र मुर्खताले नै भविश्यमा यो व्यवस्था माथि खतरा आईलाग्ने सम्भावना छ । यसको सर्वत्र तथा आम रुपमा भ्रत्र्सना र अवज्ञा गर्नुको विकल्प छैन । टिकाउ न विकाउका यस्ता विवेकहिन काम नदोहोर्याउने गरी विवेक शुन्यताबाट उनिहरु माथि उठेर यो निर्णय सच्याउनु पर्ने हो । यो उनिहरुको विवेकले सायदै भेटाउला की ? भोली हुने आत्मग्लानीलाई अनुमान गर्ने उनिहरुको क्षमताको अभाव देखिन्छ ।
नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि आम रुपमा सवैभन्दा ठुलो कुरा त गणतन्त्र दिवस नै हो । अधिकार सम्बन्धि नेपालमा भए गरेका सवै आन्दोलनहरुको एउटै लक्ष्य गणतन्त्र प्राप्त गर्नु थियो । २०६२ र ६३ को जनआन्दोलन होस या मधेश आन्दोलन, जनजाती आन्दोलन वा माओवादी आन्दोलन नै किन नहोस यी सवैको शश्लेषण गणतन्त्र नै थियो र हो । त्यसलाई पनि नेपालको संविधान २०७२ असोज ३ ले संस्थागत गरिसकेको छ ।
देशले गणतन्त्र दिवस तथा संविधान दिवसलाई पर्वको रुपमा स्वीकार गरी सकेपछि त्यो मुनिका तपशिलमा अल्झीरहनु कोई आवश्यक छैन । फेरी माओवादीले थालेको अभियानले देशमा गणतन्त्र आएको पनि होइन । उनिहरुको अभियानको विसर्जन चुनवांग बैठक हुदै १२ वुदे दल्ली समझदारीले प्रतिस्थापन गरेसंगै भएको हो । फागुन १ गते थालिएको अभियानको जीवन्त औचित्यता एवं जिवित मर्म कतैपनि भेटिदैन ।
तर, यो सवै गर्न किन लगाइदैछ र गरिदैछ भन्ने कुरा गम्भीरता पूर्वक सोच्नै पर्छ । पार्टी नेतृत्व हत्याए लगत्तै प्रचण्ड भारतिय गुप्तचर संस्था रअ को ग्राइण्डडिजाइनमा सामेल भई मदन भण्डारीबाट तिरस्कृत नेपालमा राजा विरुद्ध हतियार उठाउने भारतको प्रस्ताव काधमा हालेका र २०५२ पछि उनि सिआइएको समिपमा रहेर नेपालको संस्थापन पक्ष विरुद्ध गतिविधि गरेको आप्mनो अतित लुकाउन चाहन्छन् प्रचण्ड र उनका माओवादीहरु । पछिल्ला घटनाक्रमहरुले यस्को पुष्ट्याई गर्दैछन् । लेखक; नेकपा एमाले कर्णाली प्रदेश कमिटीका निवर्तमान सचिवालय सदस्या हुनुहुन्छ ।