Ad imageAd image

नेप्से परिसूचकको ओरालो यात्रामा

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, २८ माघ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलव ८९ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव ७५ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । विभिन्न कम्पनीका एक करोड पाँच लाख ७१ हजार एक सय ९९ कित्ता शेयर रु चार अर्ब आठ करोड ५६ लाख ७८ हजार चार सय ७२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ६२ करोड ४७ लाख ८५ हजार तीन सय ६८ बराबरको कारोबार भयो ।

एनआरएन इन्स्फास्ट्रचर रु १२ करोड चार लाख ३४ हजार चार सय ३७, हिमालयन डिस्टिलरी रु नौ करोड २३ लाख २६ हजार तीन सय ८८, एनआइसी एशिया बैंक रु आठ करोड ४२ लाख चार हजार तीन सय ३२ र हाथवे इन्भेस्टमेन्ट रु आठ करोड ३० लाख ७७ हजार सात सय तीन मूल्यमा कारोबार भई शीषर्ए पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत् कम्पनी छ दशमलव ४१,दोर्दी खोला जल विद्युत् कम्पनी पाँच दशमलव शुन्य आठ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ९० प्रतिशतले कमाएका छन् ।

- Advertisement -
Ad imageAd image

यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो १०,युनिलिभर नेपाल सात दशमलव १४,गुराँस लघुवित्त सात दशमलव १३,गणपति लघुवित्त चार दशमलव ६६ र किसान लघुवित्तका लगानीकर्ताले चार दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
76%
शुक्र
28 °C
शनि
30 °C
आइत
32 °C
सोम
31 °C
मंगल
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ