भारतको पर्यटन मेलामा नेपालको सहभागिता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट [ओटिएम]  मेलामा नेपालले सहभागीता जनाएको छ । यसअघि नेपाल पर्यटन वोर्डले सहभागीता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल [टान]ले भाग लिएको हो ।  उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो । 

नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले राससलाई बताउनुभयो । महासचिव सापकोटाले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एशियाको ट्राभल एण्ड टुरिजम एक्सचेन्ज [साट्टे]मा पनि टानले सहभागिता जनाउन लागेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष अनवरत क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
48%
2 km/h
मंगल
17 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ