राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गर्नुभएको हो ।

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गर्नुभएको उहाँले राससलाई बताउनुभयो ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहनुभएका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
72%
2 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ