दसैंका लागि असोज १३ गतेदेखि नयाँ नोट साट्न पाइने

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दसैंका लागि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशमा रहेका कार्यालय र बैंकहरूबाट नयाँ नोट साट्न सकिने जनाइएको छ।

१८ हजार पाँच सय रूपैयाँसम्मका सुकिला नोट साट्न पाइने भएको छ। ५, १०, २०, ५० र एक सय दरको एकरएक बण्डल नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एकपटक प्रयोगमा आएका भए पनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए।

राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यो वर्ष नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो। दसैंमा टिका लगाउने क्रममा रङ नलगाउन पनि र सजगता अपनाउन पनि बैंकले आग्रह गरेको छ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
clear sky
13° _ 13°
56%
2 km/h
शनि
25 °C
आइत
26 °C
सोम
28 °C
मंगल
29 °C
बुध
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ