एनआरएनए कम्बोडियाको छैठौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

प्रज्वला खड्का
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडाैं – गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाको अधिवेशननले २०२५-२०२७ का लागि शिवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति सर्ब सम्मत चयन गरेको छ ।

नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष लाल सिंह खड्काले पद हस्तान्तरण गरेका छन । कार्यसमितिको उपाध्यक्षमा प्रदीप अधिकारी,राजन कुवर, रामजी छेत्री,सोनु तामाङ, महिला उपाध्यक्षमा उमा बुढाथोकी, महासचिवमा दीपेन्द्र केसी, सचिवमा रुद्र तामाङ, प्रबक्तामा डा.मो .जमिरुल हक निर्विरोध चएन भएका छन ।

कार्यक्रममा एनआरएनए साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्याले कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गरे । पाध्याले ‘एशियाको यो क्षेत्रमा ‘डिजिटल अभिमुखिकरण र समाधान संयन्त्र’ श्रमिक सुरक्षाको अभियान,नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन जस्ता कार्यमा नेपाल र नेपालीका लागि एउटै माला र भावनामा बाँधिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा एनआरएनए कम्बोडियाका संस्थापक अध्यक्ष एबम सफल ब्याबसायी राजकुमार भुजेलले एनआरएनए कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै हाल एनआरएनएमा जुङ्गाको लडाई र आपसी द्वन्द बढेकोमा चिन्ता ब्यक्त गर्दै तेस्को अन्त्य हुनुपर्ने बताए ।

उक्त कार्यक्रममा एनआरएनए आईसिसी सदस्य एबम कम्बोडियाका सफल ब्याबसायी ज्ञानु रानाले एनआरएनए कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै एनआरएनएले आफ्नो नाराअनुसार काम गर्नेपर्ने बताए ।

कार्यक्रममा निबर्तमान अध्यक्ष लालसिंह खड्काले यो एउटा अभियान भएकाले सबै सहकार्य गरेर हातमा हात मिलाएर अगाडी बढन आग्रह गरे । उनले आफू पदमा निबर्तमान भएपनी नेपालीको दुख सुखमा जतिबेला सङ्गै हुने बताए ।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
94%
1 km/h
मंगल
22 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ