Ad imageAd image

एनआरएनए थाइल्याण्डको १२औं महाधिवेशनबारे विवाद, ‘भ्रामक कार्यक्रम’ भन्दै आधिकारिक पक्षको अस्वीकार

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले आउँदो जुलाई २८ मा आयोजना हुने भनिएको १२औं महाधिवेशनलाई ‘भ्रामक कार्यक्रम’ भन्दै अस्वीकार गरेको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म थाइल्याण्डमा वैधानिक र सबैलाई मान्य महाधिवेशन ११औं संस्करण नै रहेको स्पष्ट पारेको छ। “हामीले नियमानुसार तथा आइसिसी (ICC) को निर्देशनअनुसार ११औं महाधिवेशनको तयारी गरिरहेका छौं,” विज्ञप्तिमा उल्लेख छ।

संघका अनुसार संस्थागत एकता, सहकार्य र संवादका लागि पटक–पटक प्रयास गरिए पनि केही व्यक्तिहरूले “संस्थापक” भन्दै एकलौटी ढंगले अधिवेशन गर्न अडान राखेको भन्दै गम्भीर आपत्ति जनाइएको छ।

“भर्चुअल, भौतिक तथा वार्तालापका सबै माध्यमहरू प्रयोग गरियो तर विडम्बनापूर्वक केही पक्षले सहकार्य नगरेपछि आजको यो अवस्था सिर्जना भएको हो,” संघले स्पष्ट पारेको छ। संघका अनुसार बैंककस्थित नेपाली राजदूतावाससँग समन्वय गर्ने प्रयास पनि सफल हुन नसकेको र त्यसले विवादलाई झनै जटिल बनाएको हो।

- Advertisement -
Ad imageAd image

तथापि संघले आइसिसी (ICC) बाट प्राप्त औपचारिक मान्यता अनुसार अधिवेशन गर्ने तयारीमा रहेको जनाउँदै संवादका लागि ढोका खुला रहेको बताएको छ। प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ,

“हामी कुनैपनि भ्रमपूर्ण वा एकलौटी निर्णय स्वीकार गर्दैनौं। सम्पूर्ण नेपाली गोर्खाली समुदायलाई सत्य सूचना, वैधानिक प्रक्रिया र संस्थाको गरिमा कायम राख्न आग्रह गर्दछौं।” एनआरएनए थाइल्याण्डमा अहिले महाधिवेशन र नेतृत्वको विषयमा स्पष्ट दुई धार देखिएको छ। आधिकारिकताका दाबीहरूसँगै संवाद र एकताको आवश्यकता अझ बलियो रूपमा महसुस भइरहेको देखिन्छ।

सेयर: 18
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
83%
4 km/h
सोम
21 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ