प्रभु बैंकको करोडौ रकम अपचलन गरि फरार रहेका कर्मचारी निरज बिक्रम शाह पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पश्चिम रुकुम । पश्चिम रुकुमको आठविसकोट नगरपालिका ९ राडिमा रहेको प्रभु बैंकबाट करोडौ रकम अपचलन गरि फरार रहेका बैकका कर्मचारी निरज बिक्रम शाह पक्राउ परेका छन् ।

बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत शाहलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो । पक्राउ परेका शाहलाई शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाहबाट शाहलाई पक्राउ गरिएको बताउनुभयो । प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहिबार शाहलाई पक्राउ गरेको थियो ।

शाहले बैंकमा कार्यरत रहँदा बैंकको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्धा दर्ता गराउनुभएको थियो । तिमिल्सिनाले आठविसकोट नगरपालिकाको खाताको तीन वटा चेक मार्फत उक्त रकम अपचलन गरेको आरोपमा बैंकिङ कसुर शिर्षकमा मुद्धा चलेको थियो ।

प्रहरी नायब उपरिक्षक भट्टराईमा अनुसार आठविसकोट नगरपालिकाको उक्त रकम भूकम्प पीडितहरुको अस्थायी आवास निर्माणका लागि निकासा गर्नलाई बैंकमा पठाईएको रुपियाँ हो ।

यस बाहेक अन्य सेवाग्राहिहरुको लाखौ रकम समेत कर्मचारी शाहले हिनामिना गरिएको देखिन आएको प्रहरीको भनाई छ । शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

सेयर: 39
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
13 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ