Ad imageAd image

ईच्छा विपरित जथाभावि रंग नलगाउन रुकुम पश्चिम प्रहरीको निर्देशन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा अर्थात होली पर्वलाई मर्याादित बनाउन अनुरोध गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले होलीको नाममा व्यक्तिको ईच्छा विपरित जथाभावि रंग लगाउने, लोला हान्ने, फोहोर पानी हाल्ने जस्ता कार्य गर्न नमिल्ने बताउनुभयो । कार्यालयले आज एक सूचना जारी गर्दै रंगहरुको पर्व होलीलाई आपसी सद्भाव साटेर मनाउन आग्रह गरेको हो ।

उहाँले प्रचलित मूल्य, मान्यता एवम् परम्परालाई निरन्तरता दिई मर्यादित रुपमा होली मनाउनु पर्ने बताउनुभयो । सूचना तथा कानूनलाई वेवास्ता गरेको पाईएमा प्रचलित कानून बमोजिक कारबाहि हुने समेत उहाँले बताउनुभयो ।

यसका साथै बाटोमा ढुकेर बटुवालाई रंग दल्ने, बाटो अवरोध गरेर सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गर्ने तथा गराउने, समाजिक तथा धार्मिक सद्भाव बिथोल्ने अवान्छित कार्यहरु समेत गर्न नमिल्ने निमित्त प्रजिअ बढुवालले उल्लेख गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

यसैबिच जिल्ला प्रहरी कार्यालयले समेत एक सार्वजनिक सूचना जारी गरेर कसैको व्यक्तिगत स्वतन्त्रता बिरुद्ध गएर होली नलगाउन अनुरोध गरेको छ ।

प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले आत्मिय र नजिकको सम्बन्ध भएकाहरु बिचमा मात्र होली खेल्न र अपरिचितसँग होली नखेल्न अनुरोध गर्नुभयो । उहाँले होलीमा हुनसक्ने लुटपाट, चोरी, झगडा लगायतका उल्छृंखलजन्य कार्यबाट सजक रहन समेत आग्रह गर्नुभएको छ ।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
few clouds
24° _ 24°
64%
2 km/h
आइत
28 °C
सोम
30 °C
मंगल
30 °C
बुध
28 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ