निसीखोला बस दुर्घटना अपडेट : २५ जना घाइतेलाई पठाइयो बागलुङ

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

बागलुङ: बागलुङको निसीखोला दुर्घटनामा परी घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ । पूर्वी रुकुमदेखि काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

बागलुङमा भएको बस दुर्घटनामा आठजनाको मृत्यु भएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित चार महिला रहेका छन् ।

मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ । बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धौलागिरि अस्पताल बागलुङमा पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले जानकारी दिनुभयो । घाइतेलाई एम्बुलेन्स तथा गाडी व्यवस्थापन गरी बागलुङ पठाएको उहाँको भनाइ छ ।

बस सडकदेखि एक सय ५० मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकका अनुसार सातजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृत्यु हुने अधिकांश रुकुमका रहेको हुँदा घटनास्थलमै मृत्यु भएका सातजनाको शव सङ्कलन गरी रुकुम पठाइएको उहाँको भनाइ छ । बाटोमा मृत्यु भएकामध्ये एकजनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको विक बताउनुहुन्छ ।

सेयर: 64
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
1 km/h
आइत
24 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ