सोमबार सेयर बजारले २१ सय अंक नाघ्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सोमबार सेयर बजारले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.३३ अंक बढेसँगै २१०१ अंकमा पुगेको हो । परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा सोमबार ३ अर्ब ५८ करोडमा खुम्चियो ।

कुल १९९ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन उत्पादन समूह सबैभन्दा धेरै २.२२ प्रतिशत बढ्यो । हाइड्रोपावर १.८३ तथा निर्जीवन बीमा १.७ प्रतिशत बढे ।

अंकका आधारमा बैंकिङ ०.६५, विकास बैंक २३, फाइनान्स २०, होटल तथा पर्यटन २०, हाइड्रोपावर ४९, जीवन बीमा ३८, उत्पादन १२५, निर्जीवन बीमा १८३ र ब्यापार समूह १२ अंक बढे ।

अन्य समूह मात्रै ०.९३ अंक घट्यो । बोटलर्स नेपाल, समाज लघुवित्त, कुथेली बुकरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जोशी हाइड्रोपावरको ९.२, दोर्दीखोलाको ८.५, माहुली लघुवित्त ८.१, गुराँस लघुवित्तको ८.१, भिजन लुम्बिनी ऊर्जाको ७.७ प्रतिशत बढ्यो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ