नेपालद्धारा तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ क्यानडा नौ विकेटले पराजित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ ।

जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो । पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले उक्त लक्ष्य ३३ बल अगावै मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि अनिल साह र भीम सार्कीले शतकीय पाली खेले ।

साहले नटआउट रहँदै ११२ तथा भीम सार्कीले नटआउट रहँदै १०१ रन बनाए । नेपालले एकमात्र विकेटको रुपमा १३ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
clear sky
16° _ 16°
46%
1 km/h
बुध
28 °C
बिहि
30 °C
शुक्र
29 °C
शनि
31 °C
आइत
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ