महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उपराष्ट्रपतिले भन्नुभयो हामीलाई एकता बढाउन थप प्रेणा मिल्ने छ

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ, “मधेसमा ‘जलधरी’, ‘शिवराइत’, ‘शिवरात’ आदि नामले लोकप्रिय महाशिवरात्रिमा भगवान् शिवलाई बेलपत्र, धतूरो, अबीर आदि अर्पित गर्दै पूजाआजा गर्ने परम्परा छ, यो पवित्र पर्वले काम, क्रोध, लोभ, मोह र अहंकार त्याग्न सबैलाई उत्प्रेरित गर्न सकोस्, नेपाल र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सत–धर्म स्थापित गर्दै आध्यात्मिक उन्नतिका लागि सबैलाई अनुकूलित हुने अवसर यो पर्वले प्रदान गरोस् ।”

महाशिवरात्रि भगवान् शिवमा समर्पित पर्व हो । महाशिवरात्रिमा शिवलिङ्गलाई रुद्राभिषेक र जलाभिषेक गर्नुलाई अत्यन्त महत्वपूर्ण अनुष्ठान मानिन्छ । यो पर्वमा भगवान शिवको पूजाआजा र व्रत उपवास गरे सबै रोग र शारीरिक दोषबाट मुक्ति पाउने जनविश्वास रही आएको छ ।

महाशिवरात्रिका अवसरमा देशभरका शिवालय, महादेव मठ र शिवमन्दिरमा हिन्दू भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । त्यसैगरी सेना दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले नेपाली सेना आफूलाई थप सशक्त, सबल तथा सुदृढ बनाउँदै परिवर्तित समय र युग अनुरुपको आधुनिकीकरण गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि नेपालमा उत्पादन नहुने र हालको संरचनालाई आफ्नै आर्थिक–प्राविधिक क्षमताले थेग्न नसकेर दक्षता, सबलीकरण र आधुनिकिकरण गर्ने प्रक्रियामा परनिर्भरता बढ्दै जानु राष्ट्रिय हितको दृष्टिमा गैर–अनुकूलित र संवेदनशील विषय भएकाले यसमा सम्बन्धित सबैको ध्यान पुग्नपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।

यसैगरी उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय महिला दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै महिलाको समानता, समावेशिता र प्रगतिले हामी सबै लाभान्वित हुने विषयमा कसैको दुई मत हुन नसक्ने बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ