दुर्लभ पाटेबाघको छालासहित एक जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

खजुरा। दुर्लभ पाटेबाघको छालासहित नेपालगन्जबाट बुधबार बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुधवार दिउँसो दुर्लभ पाटेबाघको छालासहित नेपालगन्ज उपमहानगरपालिका –२ पुष्पलाल चोकस्थित एक होटलबाट पक्राउ परेका हुन् ।

बराहताल गाउँपालिका –२ पाक्मा सुर्खेतका २८ बर्षीय चन्द्रबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

पुष्पलाल चोकस्थित रोयल महाबुब होटलको तेस्रो तलामा रहेको १०१ नम्बरको कोठाबाट ५ फिट ९ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाइ भएको पाटेबाघको छालासहित कार्कीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

सो होटलमा पाटेबाघको छालाको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले होटलको तलासी गर्दा सो कोठामा कार्कीले कालो रङको झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा सो छाला बरामद गरिएको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।

पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
64%
2 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
27 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ