Ad imageAd image

बारा जिल्लामा करिब पौने ११ अर्ब बराबरको दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बारा, चैत्र ७ गते। चालु–आर्थिक वर्ष ०८०/०८१ मा बारा जिल्लामा करिब पौने ११ अर्ब बराबरको दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको छ।

जिल्लाका विभिन्न भेगमा गरेर ६२ हजार २० हेक्टर क्षेत्रफलमा चैते, भदैया र अग्हनी धान खेती भएको थियो।

यो वर्ष भने, जिल्ला समन्वय समितिको बैठकले ४० रुपियाँ प्रतिकिलो धानको मूल्य निर्धारण गरेको छ। सोही अनुसार यो वर्ष बारामा १० अर्ब ८४ करोड २४ लाख ८० हजार बराबरको धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामजीवन ठाकुरले जानकारी दिनुभयो।

जिल्लाका कृषकले ३४ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती गरेर एक लाख ३९ हजार ८९२ मेट्रिक टन धान उत्पादन गरेको छ।

- Advertisement -
Ad imageAd image

यसैगरी ११ हजार नौ सय हेक्टर क्षेत्रफलमा भदैया धान खेती गरेर ५१ हजार १७० मेट्रिक टन भदैया धान र १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेर ८० हजार मेट्रिक टन धान उत्पादन गरेको उहाँले बताउनुभयो।

गत–आर्थिक वर्ष ०७९/०८० मा चैते, भदैया र अग्हनी धान छ अर्ब १४ करोड ९८ लाख ६२ हजार ५ सय बराबरको दुई लाख ५० हजार ४७४.५ मेट्रिक टन धान उत्पादन भएको निमित्त कार्यालय प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिनुभयो।

उहाँका अनुसार ३४ हजार ११५ हेक्टर क्षेत्रफलबाट एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन अग्हनी धान उत्पादन भएको तथा ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा ५१ हजार १९१.५ मेट्रिक टन भदैया धान र १४ हजार हेक्टर क्षेत्रफलबाट ५६ हजार मेट्रिक टन चैते धान उत्पादन भएको थियो।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
69%
1 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ