मकवानपुर, ९ असार : मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु¥याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उहाँकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् । बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसमा स्रष्टाहरूले सुनाए रचनाहरू
थाइल्याण्ड। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रचना वाचन गरी मनाएको छ । साहित्य मन थाइल्याण्डले सञ्चालन गर्दै आइरहेको ‘आदर्श दिव्य दर्पण’को १३ औं शृङ्खलामा ‘आधा आकाश, सिर्जना संसार’…
