करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

लमजुङ : लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका–४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार गुरुङ शनिबार राति साथीसहित किसेदि खोलामा माछा मार्न गएका थिए । सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चापाइले बताउनुभयो ।

प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक हरिराम बोहोराले मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घट्नास्थल पुगेको थियो । लमजुङ अस्पताल बेँसीशहरमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइसकिको प्रहरीले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
mist
16° _ 16°
100%
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
27 °C
शुक्र
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ