छेम्दीमा ‘एक घर, एक धारा’

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाबाट छेम्दी टोलका ७२ घरधुरी लाभान्वित भएका छन् । धारामा मिटरसमेत जडान गरिएको छ । यसअघि छेम्दीवासीले सार्वजनिक धारा र मुहानबाट निजी लगानीमा पाइप जडान गरेर खानेपानी उपभोग गरेका छन् । घरमै भएको निजी धारामा नियमित खानेपानी वितरण भएपछि समयको बचत र सहज भएको स्थानीयवासी देउमन पुर्जाले बताउनुभयो । खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी परिवर्तन भएको छ ।

गत मङ्सिर महिनादेखि सुरु भएको आयोजना बिहीबार सम्पन्न भएपछि पानी वितरण गर्न थालिएको हो । कूल रु ६४ लाख ६६ हजार ६८ लागत अनुमान गरिएको आयोजना निर्माणमा उपभोक्ताले रु २२ लाख ३५ हजार ७२८ बराबरको श्रमदान गरेका गोर्खा वेयलफेयर ट्रष्टका प्राविधिक देवी थापा मगरले बताउनुभयो ।

पाइप, सिमेन्ट, रड, फिटिङलगायत निर्माण सामग्री उपलब्ध गराएको ट्रष्टले आयोजना निर्माणस्थलमा एक जना प्राविधिक नियमितरुपमा परिचालन गरेको थियो । गोर्खा वेयलफेयर ट्रस्टको सहयोगमा अन्नपूर्ण गाउँपालिका–६ मा खिवाङ र वडा नम्बर–३ को काभ्रेमा पनि खानेपानी तथा सरसफाई आयोजना निर्माणको अन्तिम चरणमा छ । खिवाङमा १४२ र काभ्रेमा ७५ घरधुरी लाभान्वित हुने प्राविधिक गुरुङले बताउनुभयो ।

गोर्खा वेयलफेयर ट्रष्टको सहयोगमा गत वर्ष अन्नपूूर्ण गाउँपालिका–४ को पटारमा निर्माण भएको खानेपानी आयोजनाबाट २९ घरधुरी, वडा नम्बर–३ को दाना बजारमा ५१ र दुवारीमा–२६ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको थियो । गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका सतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २२ थप आयोजना निर्माण गर्नुपर्ने योजनामा उल्लेख छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ