दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

दाङ । दाङको बंगलाचुलीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाईते भएका छन् । बंगलाचुली गाउँपालिकाको मैवालेकमा आज विहान साढे ९ बजेतिर रा ३ प ५७९१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा बंगलाचुली गाउँपालिका वडा नम्वर ४ निवासी ३२ वर्षका खेतुलाल नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामापरी बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी ३८ वर्षिय मोटर साईकल चालक चेतबहादुर डाँगी घाईते भएको बंगलाचुली गाउँपालिका ४ का वडाध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।

घाईते डाँगीलाई ईलाका प्रहरी कार्यालय कमिरेचौरको टोलिले उद्धार गरी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको वडा अध्यक्ष डाँगीले बताउनुभयो । साथै शवलाई पोस्टमार्टमका लागि सोही प्रतिष्ठानमा पठाईएको छ । साँगुरो र अप्ठेरो बाटोमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ