काठमाडौँ । नेकपा एमाले पोलिटव्युरो सदस्य खेममान खड्काले नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले रुकुमपश्चिम काठमाडौ सम्पर्क मञ्च १३ औँ जिल्ला सम्मेलनमा नेता खड्काले एमालेको नेतृत्वमा एउटा मात्र कम्युनिष्ट पार्टी रहेको बताउनु भयो।
उहाँले भन्नू भयो”नेपालमा एमालेको नेतृत्वमा एउटा मात्र कम्युनिष्ट पार्टी भएकाले त्यसले समृद्ध नेपाल शुखी नेपालीको आकांक्षा पूरा गर्न सक्छ” ।
विभिन्न गठबन्धनका बाबजुत पनि २०७९ को निर्वाचनमा समानुपातिक तर्फ पहिलो र प्रत्यक्ष तर्फ दोस्रो भएको स्मरण गराउदै स-साना कम्युनिष्ट पार्टीलाई नेकपा एमालेमा समाहित हुन आग्रह गर्नुभयो !
अघिल्लो गठबन्धन कुनै पनि हिसाबले सान्दर्भिक भएकाले अहिलेको गठबन्धन बनाउनु परेको यहाँको तर्क थियो।साथै बर्तमान प्रधानमन्त्री एव सरकारलाई छिटो,सहज,सरल ढङ्गबाट जनतालाई सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
रुकुम पश्चिम घर भइ विभिन्न पेसा व्यवसायमा संलग्न नेकपा एमालेमा आस्था राख्ने सबैलाई एक अर्कामा सहयोगी बन्न आग्रह गर्नु भयो ।