विपक्षी दललले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए ।

उनले भने, ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो ।’

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ । सरकारले पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको बस्नेतको भनाइ छ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
94%
1 km/h
शुक्र
21 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
मंगल
20 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ