काठमाडौं । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका ५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डबाट निकालेर प्रयोग गरेका थिए । अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको जानकारी भएको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
रेड नोटिस जारी भएका धनुषाका पासमानलाई कतारबाट पक्राउगरि नेपाल ल्याइयो

प्रतिक्रिया
ट्रेन्डिङ
वैदेशिक रोजगार ठगीका ‘फरार अभियुक्त’ नै उद्धारका कमाण्डर: दूतावास र एनआरएनएको सेटिङमा स्क्यामिङ सेन्टरका पीडितमाथि नयाँ ठगी
बैंकक, थाइल्याण्ड । कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टर (Scamming Centers) मा फसेका र अलपत्र परेका नेपालीहरूको…
एनआरएनए कम्बोडियाको बचाउ: ठगीलाई ‘सहयोग’ को संज्ञा, कानुनी कारबाहीको धम्की!
बैंकक | थाइल्याण्ड नेपाल डट कमले कम्बोडियामा भइरहेको ठगी धन्दाबारे प्रमाणसहित समाचार सार्वजनिक गरेपछि एनआरएनए…
नेपालको हिमालमा ‘फेक रेस्क्यु’ को डरलाग्दो जालो: थाइ मिडियामा व्यापक चर्चा
बैंकक- नेपालको हिमाली क्षेत्रमा पदयात्राका क्रममा हुने नक्कली उद्धार र संगठित बिमा ठगीको पर्दाफास भएपछि…
बैंककको नेपाली विद्यालयमा बालबालिकामाथि कुटपिट र आर्थिक अनियमितताको खुलासा
बैंकक, थाइल्याण्ड — थाइल्याण्डको राजधानी बैंककस्थित फ्रखानोङ सोइ ६ मा सञ्चालित एक नेपाली भाषा विद्यालयमा…
