आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ : आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ‘ए’ सस्तैमा समेटेको नेपाल ‘ए’को ब्याटिङ नचल्दा सामान्य लक्ष्य पनि पूरा गर्न सकेन ।

अनुभवी ब्याटर नचल्दा आयरल्याण्ड ‘ए’ले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पनि नेपाल ‘ए’ले पूरा गर्न सकेन । नेपाल ‘ए’को टोली २५ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ३६ रनमा समेटियो । नेपाल ‘ए’का लागि साहब आलमले ३४ बलमा एक छक्का र चार चौकाको सहयोगमा ३७ रनको योगदान दिए । साथै देव खनालले २६, बसिर अहमदले २० र रिजन ढकालले १२ रन बनाए ।

नेपाल ‘ए’का लागि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आयरल्याण्ड ‘ए’को जितमा म्याथ्यु हम्फ्रिजले पाँच र लियाम मकार्थीले चार विकेट लिए । जितसँगै तीन खेलको शृङ्खलामा आयरल्याण्ड ‘ए’ले अग्रता लिएको छ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रनमात्रै बनाउन सक्यो । सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्ड ‘ए’ले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो ।

आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए ।

त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२÷१२ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन् । नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई÷दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ