१८ वर्षमुनिका हुन्डी कारोबारीको भरिया

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

मोरङ पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ । पक्राउ परेकामध्ये १८ वर्षमुनिका भएको उनीहरू र व्यावसायिक हुन्डी कारोबारीका भरिया मात्र भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गत कात्तिक १४ गते स्रोत नखुलेको रु २१ लख ८७ हजार सीमापारिबाट ल्याउँदै गरेको अवस्थामा १६ वर्षीय भारतीय मूलका एक किशोरलाई प्रहरीले सीमानाका नजिकैबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनलाई व्यावसायिक हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभयो।

हुन्डीका कारोबारी विवेक गुप्ता र मनोज साहले ती बालकलाई प्रयोग गरेर सीमापारिको कालोधन हुन्डीमार्फत भित्र्याउने प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । गुप्ता र साह हाल फरार भएका छन् । सोही कारोबारमा विराटनगरका केही नाम चलेका उद्योगी–व्यवसायीको पनि संलग्नता रहेको र तिनै उद्योगी र व्यवसायीले भरियामार्फत हुन्डीको रकम ल्याउने र पु¥याउने गर्दै गरेको प्रहरीको आशङ्का छ ।

जिल्ला प्रहरीले स्रोत नखुलेको रु १९ लाख ९० हजारसहित सुनसरीका देवानगन्ज–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई गत पुस ११ गते जोगवनी नाका नजिकको केशलिया मार्गवाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि अनुसन्धान गर्दा साह जय माता टे«र्डस देवनगन्ज सुनसरीमा धान चालमको व्यापार गर्ने व्यापारी व्यावसायिक हुन्डी कारोबारी भएको पुष्टी भएको प्रवक्ता दाहालले बताउनुभयो ।

केही समयअघि विराटनगर–१५ का धर्मानन्द साहलाई स्रोत नखुलेको रु चार लाख ७५ हजार र सोही ठाउँका रन्जीत साहलाई पनि स्रोत नखुलेको रु नौ लाख २० हजारसहित पक्राउ गरिएकामा दुवैजना हुन्डी कारोबारीका भरिया भएको पुष्टि भयो । अवैध हुन्डीको कारोबार गर्ने सुनसरी बर्जु–३ का २४ वर्षीय उमाकान्त रायलाई पनि गत असोजमा स्रोत नखुलेको रु १० लाखसहित परेका थिए । पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
2 km/h
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ