काठमाडाैंका विभिन्न स्थानमा विजुली अवरुद्ध

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौँ उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारी, भक्तपुरले विद्युत् लाइन अवरुद्ध हुने जनाएको हो । जेठ ३, ५,६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको हो ।

नेपाल विद्युत् प्राधिकरण, रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य निरन्तर भएकाले सेवा अवरुद्ध हुने जनाएको छ । आज नयाँ बजार, खुसिब, सोह्र खुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल र जेठ ५ गते सोह्र खुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल टेक, पुष्पलाल पार्क, ढल्कु क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा अवरुद्ध हुने छ ।

त्यसै गरी जेठ ६ गते काष्ठमण्डप भिमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल र ८ गते भिमसेनस्थान, काष्ठमण्डप त्रिपुरेश्वर टेक, पचली भैरव मन्दिर, बम्सीघाट, सबलबहाल, त्रिपुरेश्वर, विश्व निकेतन स्कुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने जनाएको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
haze
24° _ 24°
53%
4 km/h
बुध
24 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ