सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बिहान १०ः१५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान छ । उहाँ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्य लगायतको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।

मुख्यमन्त्रीले यसअघि वैशाख २० र २१ गते गरी दुई पटक विश्वासको मत लिने प्रयास गर्नु भएको थियो । तर, तत्कालीन समयमा नेकपा (एमाले) ले विश्वासको मत दिन नसक्ने भनेपछि स्थगित गरिएको थियो । एमाले संसदीय दलले सरकारमा नजाने तर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धन दल एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात र मुख्यमन्त्रीको आफ्नै पार्टी नेकपा (एकीकृत समाजवादी) का चार जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ