काठमाडौँ । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू आएका छन्।
यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश-नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन्। प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन् ।
बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ । बिहान १० बजेदेखि विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन्।
Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1