अपहृत नाइजेरियाली पाँच दिदी बहिनीको उद्धार

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

एजेन्सी । अपहृत पाँच नाइजेरियाली दिदीबिहिनीको उद्धार गरिएको प्रहरीले आइतबार बताएको छ । यद्यपि एक बहिनीको मृत्युपछि सार्वजनिक आक्रोश बढेको छ । 

परिवारका अनुसार वर्षको प्रारम्भमा अबुजा सहरको केन्द्रबाट मात्र १५ माइल २५ किलोमिटर टाढा उनीहरूको घरमा पसेर हतियारधारीहरूले ती दिदीबहिनीलाई समातेका थिए । फिरौतीको समय सकिएपछि हमलाकारीहरूले २१ वर्षीया एक बहिनाी नबिहा अल–कादरियारको हत्या गरेका थिए । 

सङ्घीय राजधानी क्षेत्र (एफसिटी) प्रहरी र सेनाले शनिबार राति छिमेकी कदुना राज्यको काजुरु जङ्गलबाट किशोरीहरूको उद्धार गरेका हुन् । प्रहरीले विज्ञप्तिमा भनेको छ, “एफसिटी प्रहरीले पीडितहरूको उद्धार गरी उनीहरूको परिवारसँग पुनरमिलन गराएको छ ।” किशोरीहरूका काकाका एक छोरा ९भाइ० ले उनीहरू परिवारसँग फर्किएको एएफपीलाई पुष्टि गरेका छन् ।

नाइजेरियामा फिरौतीका लागि अपहरण एउटा ठूलो समस्या बनेको छ । आपराधिक गिरोहले राजमार्ग, अपार्टमेन्ट र यहाँसम्म कि स्कुलहरूबाट विद्यार्थीहरूलाई समेत लुट्न निशाना बनाउँछन् । स्थानीयरूपमा डाकुहरू भनेर चिनिने गिरोहले उत्तरपश्चिमी तथ मध्य राज्यहरूका जङ्गलस्थित आधारबाट अपहरण गर्दै आएका छन् ।

ती किशोरीहरूको मामिलामा सार्वजनिक आक्रोश बढेपछि राष्ट्रपति बोला अहमद टिनुबुले ‘हालैको अपहरण र डाकू हमलाको घटना’ को निन्दा गर्नुभएको छ । गत वर्ष मेमा राष्ट्रपतिमा निर्वाचित भएपछि टिनुबुले असुरक्षालाई सम्बोधन गर्ने आफ्ना प्रमुख वाचाहरूमध्ये एक बनाउनुभएको छ । 

हताश नाइजेरियालीहरू आम्दानीका लागि अपराधतर्फ लागेकाले मुलुकको आर्थिक अवस्थाले अपहरणका घटनाहरू बढाएको केही विश्लेषकहरूले बताएका छन् । नाइजेरियाली कानूनले अपहरणकर्तालाई फिरौती दिन प्रतिबन्ध लगाएको छ तर धेरै परिवारले अधिकारीहरूमाथि अत्यन्त कम विश्वास गर्छन् र उनीहरूसँग कुनै विकल्प नभएको महसुस गर्छन् । 

बोको हराम जिहादीहरूद्वारा उत्तरपूर्वी नायजेरियाको चिबोकबाट दुई सय ७६ स्कुले छात्राहरूको अपहरणले सन् २०१४ मा वैश्विक चर्चा बटुलेको थियो । यद्यपि दैनिक अपहरणले विरलै अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
100%
2 km/h
सोम
29 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ