प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउको प्रयास

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

भाद्र २७ काठमाडौँ

नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई आज प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ। 

आज दिउँसो काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा एक छलफल कार्यक्रममा सहभागी रहेका बस्नेतलाई प्रहरीको साइबर ब्यूरोबाट आएको टोलीले पक्राउको प्रयास गरेको हो। 

उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ,प्रेस चौतारी नेपाललगायतले आपत्ति जनाएका छन ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने प्रेस काउन्सिलको क्षेत्राधिकारलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै निन्दा गरेका छन्।
 
जबर्जस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको थियो। बस्नेतले सञ्चालन गर्ने अनलाइनमा प्रकाशित एक समाचार र तस्वीरलाई लिएर उनीमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
50%
1 km/h
शनि
17 °C
आइत
25 °C
सोम
28 °C
मंगल
29 °C
बुध
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ